प्रहरीलाई घुस दिएको अभियोगमा पक्राउ

प्रहरीलाई घुस दिएको अभियोगमा पक्राउ


वीरगञ्ज ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शान्ति सुरक्षाको काममा खटिएका प्रहरीलाई घुस दिन खोजेको अभियोगमा वीरगञ्ज महानगरपालिका–२ छपकैयाका अम्बेया खातुनलाई पक्राउ गरेको छ ।

वीरगञ्जबाट हेटौँडा जाँदै गरेको भाडाको बसमा भन्सार छलेर आयात गरेको लत्ताकपडा नियन्त्रणमा लिएपश्चात् ती सामान छुटाइदिन भन्दै खातुनले प्रहरीलाई २८ हजार घुस दिन खोजेको आरोप लागेको छ ।

खातुनले इलाका प्रहरी कार्यालय जीतपुर, बाराका कर्मचारीलाई घुस दिन खोजेको आयोगले जनाएको छ । आयोगले घुस रकमसहित खातुनलाई पक्राउ गरेको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो । आरोपी खातुनको अनुसन्धान जारी रहेको छ ।

Logo