निश्चलको आक्रोश- ‘चलचित्र नचले पोस्टर च्यातेर फालियोस् तर समयमै रिलिज हुन पर्छ’

निश्चलको आक्रोश- ‘चलचित्र नचले पोस्टर च्यातेर फालियोस् तर समयमै रिलिज हुन पर्छ’


कात्तिक ८ गते प्रदर्शन हुने भनिएको चलचित्र ‘घामड शेरे’ अब कात्तिक २२ गतेदेखि प्रदर्शनमा आउने भएको छ ।

चलचित्र ‘घामड शेरे’ निर्माणपक्षले आज काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरी चलचित्रको प्रदर्शन मिति सरेको जानकारी गराएको हो। पत्रकार सम्मेलनमा कलाकार निश्चल बस्नेतले भने, ‘हलहरुले चलचित्र रिलिज समयमा गराउनुपर्छ बरु चलचित्र चलेन भने पोस्टर च्यातेर फालियोस् तर चलचित्र भने समयमा रिलिज हुन पर्छ।’

यो बर्षको तिहारमा हलमा रहेका ३ वटै चलचित्र ‘छ माया छपक्कै, पोई पर्यो काले’ र हिन्दी चलचित्र ‘हाउसफुल ४’ले दर्शकको राम्रो साथ पाए । काठमाण्डौमा बुकिङ खुल्दा ५ शो मात्र पाएको ‘पोई पर्यो काले’ले क्यूएफएक्स चेनमा आफ्नो शो बढायो। क्यूएफएक्सको काठमाण्डौ चेनमा ६ शो पाएपछि चलचित्र ‘घामड शेरे’ पछि हटेको थियो ।

हेमराज वीसी निर्देशित यो चलचित्रले  कात्तिक ८ मा पाएको शो भन्दा बढी शो पाउने आशा गरिएको छ ।

Logo