प्रचण्डको स–परिवार विरामी, कस्लाई के भएको हो ? (भिडियोमा

प्रचण्डको स–परिवार विरामी, कस्लाई के भएको हो ? (भिडियोमा


काठमाडौं । पछिल्लो समय राजधानी काठमाडौंमा स्वाइनफ्लुको प्रकोप फैलिएको छ । स्वाइनफ्लुका कारण ओम अस्पतालमा भर्ना भएकी एक महिलाको मृत्यु भएको छ भने एक जनालाई एयर एम्बुलेन्सबाट भारत लगिएको छ ।

उपत्यकामा २ सय २० भन्दा बढीलाई स्वाइन फ्लु संक्रमण देखिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा २०७५ मंसिरदेखि पुस २६ सम्म ३ सय ३४ जना बिरामीको परिक्षण गरिएको थियो ।

यही बेलामा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालको परिवारमा भाइरल ज्वरो फैलिएको छ । चिकित्सकले प्रचण्ड परिवारमा भाइरल ज्वरोको प्रकोप फैलिएको बताएको हो ।

यद्यपि ‘प्रचण्ड’ को स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएको छ । ज्वरोबाट प्रभावित भएपछि अध्यक्ष दाहालले मंगलबार ललितपुरको धापाखेलस्थित सुमेरु अस्पतालमा स्वास्थ्य परीक्षण गराएका थिए ।

कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलले सुमेरु अस्पताल पुगी अध्यक्ष दाहालको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै शीघ्र स्वास्थ्य लाभको कामना गरेका थिए । चिकित्सकले दाहाललाई दुई/तीन दिन घरमै आराम गर्न सुझाव दिएपछि अहिले घरमै टिभी हेरेर आराम गरिरहेका छन् ।

Logo