काठमाडौँ

काठमाडौं महानगरपालिकाले स्थानीयको जनसहभागितामा काष्ठमण्डप पुनर्निर्माण आरम्भ गरेको छ । "/>

भूकम्पले भत्किएको ३ वर्ष पछि काष्ठमण्डप पुनर्निर्माण शुरू

भूकम्पले भत्किएको ३ वर्ष पछि काष्ठमण्डप पुनर्निर्माण शुरू


काठमाडौँ

काठमाडौं महानगरपालिकाले स्थानीयको जनसहभागितामा काष्ठमण्डप पुनर्निर्माण आरम्भ गरेको छ । स्थानीय जनताले सोमबार काष्ठमण्डपको जग र परिसरमा क्षमापूजा गरी सो कार्यको शुरुआत गरेका हुन् । कामपाको सहयोगमा स्थानीयले आइतबारै पुनर्निर्माण शुरू गरेको काष्ठमण्डप पुनर्निर्माण समितिका संयोजक राजेश शाक्यले जानकारी दिए । उनका अनुसार पहिलो चरणमा काठ छनोट गरी अन्य काम अघि बढाइनेछ ।

काष्ठमण्डपको पुनर्निर्माणको लागतबारे अहिले नै निक्र्योल भइनसकेको बताउँदै शाक्यले आवश्यक पर्ने सम्पूर्ण रकम महानगरले बेहोर्ने जानकारी दिए । यसअघिको स्टिमेटमा काष्ठमण्डप पुनर्निर्माण गर्न करिब १९ करोड रुपियाँ लाग्ने उल्लेख गरिएको थियो ।

स्थानीय समितिले काष्ठमण्डप क्षेत्रमा पर्ने सबै वडाध्यक्ष, विभिन्न दलका प्रतिनिधि, स्थानीय क्लब, संघसंस्था लगायतलाई सहभागी गराएर पुनर्निर्माण शुरू गर्न लागेको हो। २०७२ साल वैशाख १२ गते गएको शक्तिशाली भूकम्पले ध्वस्त भएको काष्ठमण्डप ३ वर्षपछि बल्ल पुनर्निर्माण हुन लागेको छ । यसअघि काष्ठमष्डपको इतिहासको विषयमा उत्खनन् भइसकेको थियो । निरन्तर काम भए करिब साँढे ३ वर्ष भित्र निर्माण सम्पन्न भइसक्ने बताइएको छ । कामपाका उपमेयर हरिप्रभा खड्गीले भने पुनर्निर्माण निरन्तर हुने जानकारी दिइन् ।
नेपाल समाचारपत्रबाट

Logo