असोज,२३, जुम्ला

खानेपानीको धाराबाट सर्प र भ्यागुता निस्किन थालेपछि खलंगावासी त्रसित भएका छन् । "/>

जुम्लामा खानेपानीको धाराबाट निस्किए सर्प र भ्यागुता

जुम्लामा खानेपानीको धाराबाट निस्किए सर्प र भ्यागुता


असोज,२३, जुम्ला

खानेपानीको धाराबाट सर्प र भ्यागुता निस्किन थालेपछि खलंगावासी त्रसित भएका छन् । चन्दननाथ नगरपालिका २ की आश्मा माझी शनिबार बिहान पानी भर्न धारा गइन् । बिहान ८ बजेतिर बाल्टी लिएर जाँदा धाराबाट सर्प निस्केपछि उनको सातो नै गयो । ‘घरमा पानी थिएन, बाल्टी लिएर धारामा पानी भर्न गएकी थिएँु, उनले भनिन्, ‘तर पानी आउने धाराबाट एक्कासि दुई मिटर लामो सर्प निस्केपछि मेरो त सातो नै गयो, हतपत दौडेर घरमा आएँ र सबैलाई जानकारी गराएँ । माझीले सर्प आएको कुरा सबैलाई थाहा दिएपछि वरपरका सबैले पानी भर्न सकेनन् । धाराबाट निस्केको सर्प विषालु भएको हुन सक्ने भन्दै खोलीकोटका अधिकांशले शनिबार बिहान पानी नै भरेनन् । केही समयअघि पनि सोही धाराबाट भ्यागुता निस्किएको माझीले सुनाइन् । ‘पटक पटक भ्यागुता र सर्प निस्किने गर्छ, माझीका श्रीमान् रमेश सेजुवालले भने, ‘अब चाहिँ हामीलाई पानी खान पनि डर लागेको छ ।
अन्नपूर्णपोष्टबाट

Logo