काठमाडौँ, १० भदौ ।

‘अब म रहिनँ, कसैले मलाई लगिसक्यो, मनमा हजार सपना थिए, पूरा गर्न सकिनँ’ भन्दै ‘सुसाइड नोट’ लेखेर दीपक सिंहले गत साउन २४ गते कोरियामा आत्महत्या गरे । "/>

कोरियामा नेपाली कामदारको आत्महत्या वढ्यो

कोरियामा नेपाली कामदारको आत्महत्या वढ्यो


काठमाडौँ, १० भदौ ।

‘अब म रहिनँ, कसैले मलाई लगिसक्यो, मनमा हजार सपना थिए, पूरा गर्न सकिनँ’ भन्दै ‘सुसाइड नोट’ लेखेर दीपक सिंहले गत साउन २४ गते कोरियामा आत्महत्या गरे ।
कञ्चनपुरका सिंह १६ महिना अघि मात्रै रोजगारीका लागि कोरिया पुगेका थिए । २५ वर्षीय सिंह होइसंगस्थित बंगुर फार्म नजिकैको जंगलमा रुखमा झुन्डिएको अवस्थामा फेला परेका थिए । सिंहले आत्महत्या गरेको एक दिनअघि मात्रै पर्वतका केशव श्रेष्ठले पनि आत्महत्या गरेका थिए ।

यी त केही प्रतिनिधि घटना मात्र हुन् । सन् २००८ देखि हालसम्म ईपीएस भाषा परीक्षा पास गरी रोजगारीका लागि दक्षिण कोरिया पुगेका सिंह र श्रेष्ठजस्तै १४ जना नेपालीले आत्महत्या गरिसकेका छन् । आत्महत्या गर्ने मध्ये सबैभन्दा बढी कृषिमा लागेका कामदार छन् । आत्महत्या गर्ने मध्ये अधिकांशले पासो लगाउने गरेको अंकुर नेपालको अध्ययनले देखाएको छ । सन् १९८० देखि नेपालबाट रोजगारी र विभिन्न व्यक्तिगत कामका लागि नेपाली कोरिया जाने गरेका छन् । सरकारले सन् २००७ मा कोरियासँग श्रम सम्झौता गर्दै २००८ देखि कामदार पठाउँदै आएको छ । अहिलेसम्म ४४ हजारको हाराहारीमा ईपीएस भाषा परीक्षा पास गरी कामका लागि कोरिया पुगेका छन् ।

यस बाहेक पनि रोजगारी र विभिन्न काममा लागि कोरिया पुगेका नेपालीले आत्महत्या गरेको अंकुर नेपालले जनाएको छ । अंकुर नेपालका अनुसार अहिलेसम्म कोरियामा ३६ जना नेपालीले आत्महत्या गरिसकेका छन् । ईपीएस भाषा परीक्षा पास गरेर सन् २००८ देखि कोरिया पुगेका नेपाली मध्ये अहिलेसम्म ७६ जनाको मृत्यु भएको शाखाका प्रमुख बाबुराम खतिवडाले बताए । जसमा आत्महत्या गर्नेको संख्या १६ छ भने सुतेकै अवस्थाका मृत्यु हुनेको संख्या १७ छ । कामको बोझले मानसिक तनाव र लाखौं आम्दानी गर्ने सोचले कोरिया पुगे पनि भने जति आम्दानी नहुँदा आत्महत्याका घटना बढेका हुन् । यसबाहेक कोरिया पुगेका कामदार मध्ये सातजनाको सडक दुर्घटनामा मृत्यु भएको छ । अन्य व्यक्तिको संलग्नतामा दुईजनाको हत्या भएको छ भने स्वभाविक रूपमा मृत्यु हुनेको संख्या एक छ । कार्यस्थलमा मृत्यु हुनेको संख्या नौ छ भने २६ जना नेपालीको मृत्युको कारण खुल्न सकेको छैन । सन् २०१७ को जुलाई महिनामा मात्रै तीन नेपालीले कोरियाका आत्महत्या गरेका थिए ।

अन्नपूर्णपोष्टबाट

Logo