नुवाकोट, १६ साउन । मानब बेचबिखन तथा ओसारपसार अभियोगमा गएको साता पक्राउ परी दुईवटा मुद्दा खेपिरहेका घ्याङफेदीका कुमार तामाङमाथि थप एक बालिकालाई भारतमा बिक्री गरेको किटानी जाहेरी परेको छ । "/>

मानव बेचबिखनको दुई मुद्दा खेपिरहेका कुमारलाई बालिका बिक्रीको समेत अभियोग

मानव बेचबिखनको दुई मुद्दा खेपिरहेका कुमारलाई बालिका बिक्रीको समेत अभियोग


नुवाकोट, १६ साउन । मानब बेचबिखन तथा ओसारपसार अभियोगमा गएको साता पक्राउ परी दुईवटा मुद्दा खेपिरहेका घ्याङफेदीका कुमार तामाङमाथि थप एक बालिकालाई भारतमा बिक्री गरेको किटानी जाहेरी परेको छ । 

दुप्चेश्वर गाउँपालिका–१ साबिक घ्याङफेदी गाविस–७ का १८ वर्षीय तामाङविरुद्ध नुवाकोटको एक बालिकालाई गत वैशाख अन्तिम साता भारतमा लगेर बिक्री गरेको भन्दै पीडित परिवारले प्रहरीमा उजुरी दिएका छन् । तामाङले फकाएर राम्रो काम लगाइदिने भन्दै वैशाख १५ गते काठमाडौँ लगेको र वैशाख अन्तिम सातादेखि बालिका सम्पर्कमा नआएपछि खोजी गर्ने क्रममा भारतमा पुर्‍याएको पीडित परिवारले दाबी गरेका छन् ।

बालिकालाई भारतको वेश्यालयमा बिक्री गरेको भन्दै तामाङविरुद्ध किटानी परेपछि आइतबार जिल्ला अदालतमा मुद्दा दर्ता गरी अनुसन्धान शुरु गरेको नुवाकोटका प्रहरी उपरीक्षक देवबहादुर बोहराले जानकारी दिनुभयो । बालिकालाई भारतमा बिक्री गर्न लैजाने अन्य सहयोगीको समेत खोजी शुरु गरेको प्रहरीले जनाएको छ । 

प्रहरी हिरासत कक्षमा रहेका तामाङ यसअघि नुवाकोटको २३ वर्षीया महिला (दुई छोरीकी आमा)लाई भारतमा बिक्री गर्न लैजाँदै गर्दा अन्य तीनजना सहयोगीसहित पक्राउ परेका थिए । उनी पक्राउ परेपछि नुवाकोटका दुई महिला पनि बिक्री गरेको भन्दै पीडित परिवारले किटानी जाहेरी दिएकाले मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी दुई मुद्दा यसअघि नै दर्ता भएर कारबाहीका लागि प्रहरी अनुसन्धान चलिरहेको छ । 

नुवाकोटको घ्याङफेदी र आसपासको क्षेत्रका तामाङ समुदायका बालिका तथा महिला अशिक्षित तथा बेरोजगार भएकाले गाउँकै दलालले भारतस्थित वेश्यालयमा बिक्री गर्ने अपराध लामो समयदेखि विद्यमान छ । रासस 

Logo