‘सरकारले काम गरेन भन्नेलाई चुनावबाट जवाफ दिइन्छ’ : प्रधानमन्त्री ओली

‘सरकारले काम गरेन भन्नेलाई चुनावबाट जवाफ दिइन्छ’ : प्रधानमन्त्री ओली


प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई काम गर्न नदिने र सरकारले कामै गरेन भनेर जनतालाई भ्रम छर्नेहरुलाई चुनावले जवाफ दिने बताएका छन् ।  

आज नेकपा ओली समूहले राजधानीको नारायणहिटी दरबार अघि गरेको जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन् ।  

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड माधव पक्षले आफूलाई सर्वहारा पार्टीको संज्ञा दिएर अराजकता मचाउँदै हिंडेको बताएका छन् । उनले इतिहासमा कुनै सरकार नगरेको काम अहिलेको सरकारले गरेको पनि बताए ।

उनले गरिबको समस्या हेर्न सरकार रहेको भन्दै विहिबार आमहड्तालमा जलाएको ट्याक्सीको क्षतिपूर्ति सरकारले दिने पनि बताए । प्रचण्ड माधव पक्षले मांसाहारी आन्दोलन भनेर पुनः मान्छे मार्ने राजनीति गर्न खोजेको उनको आरोप थियो ।  

समृद्ध नेपाल र सुखी नेपाली बनाउने सरकारको आकांक्षा पूरा गर्न आफू सक्रिय रहेको पनि उनको भनाइ थियो ।  

Logo