प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि आजको बहस जारी, सरकारी वकिललाई १५ मिनेटको समय

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि आजको बहस जारी, सरकारी वकिललाई १५ मिनेटको समय


प्रतिनिधिसभा विघटनविरुद्ध दायर रिटमाथि संवैधानिक इजलासमा आजको बहस जारी छ ।

अघिल्लो हप्ता आइतबार रिटका पक्षधरको बहस सकिएपछि विपक्षमा बहस गर्ने सरकारी वकिलहरुले १९ माघदेखि बहस शुरु गरेका थिए । महान्यायाधिवक्ताले लामो समय लिएर बहस गरेपछि  लम्बिने भन्दै आजदेखि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले सरकारी पक्षलाई बहसका लागि १५ मिनेटको समय मात्र दिएका छन् । बहसको सुरुवातमै प्रधानन्यायाधीशले यस सम्बन्धमा स्मरण गराएपछि त्यही अनुरुप हुने गरी आजको बहस अघि बढेको छ ।  

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि संसद् विघटन गैरसंवैधानिक भएको दाबीसहित सर्वोच्चमा १३ वटा रिट दायर भएको छ।  

Skip This
Logo