‘खै ! मेरो जन्मदिन खुशीको दिन हो कि दुःखको’– प्रधानमन्त्री (भिडियोसहित)

‘खै ! मेरो जन्मदिन खुशीको दिन हो कि दुःखको’– प्रधानमन्त्री (भिडियोसहित)


प्रधानमन्त्री केपी शर्मा ओलीले जस्तोसुकै परिस्थिति आए पनि सामना गर्न तयार रहेको बताएका छन् । 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट राष्ट्रिय युवा सङ्घ नेपालको पूर्ण बैठकलाई आज सम्बोधन गर्दै नेकपाका अध्यक्ष ओलीले मुलुक अहिले ठीक बाटोमा अघि बढिरहेकाले लोकतन्त्र र संविधानलाई तलमाथि हुन नदिइने प्रष्ट्याएका थिए । 

उनले युवा कार्यकर्तालाई विचार र दृष्टिकोणका साथ सङ्गठित भएर अघि बढ्न निर्देशन दिए । उनले आफ्नो आत्मविश्वासमा कुनै कमी नआएकोसमेत प्रष्ट पारेका थिए ।

प्रधानमन्त्री ओलीले सुन्दर र समृद्ध नेपालको गन्तव्य निर्धारण गरेर युवाले भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिँदै उनले राष्ट्र निर्माणको बाटो तय गरेर अघि बढ्नसमेत युवालाई आग्रह गरेका थिए । प्रधानमन्त्री ओलीले उचित विचार र दृष्टिकोणका साथ अघि बढ्न युवालाई आह्वान गरे । उनले राष्ट्र निर्माणको बाटो तय गरेर अघि बढ्न युवा सङ्घलाई आग्रह गरे । 

लोकतन्त्रलाई अझै सृदृढ र समृद्ध बनाएर अघि बढ्न आगामी निर्वाचनले बाटो तय गर्ने हिसाबले आफूले निर्वाचनको मिति तय गराएको प्रधानमन्त्रीले बताए ।

Logo