प्रचण्ड र माधव नेपालद्वारा कांग्रेस सभापति देउवासँग भेट

प्रचण्ड र माधव नेपालद्वारा कांग्रेस सभापति देउवासँग भेट


सर्वोच्चले प्रतिनिधिसभा विघटनको मुद्दामा फैसला गर्दै बदर गरेपछि अबको राजनीतिबारे छलफल गर्न नेकपाको प्रचण्ड नेपाल समूहका अध्यक्ष प्रचण्ड र माधव नेपालले आज कांग्रेस सभापति शेरबहादुर देउवासँग भेट गरेका छन् । 

प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय सर्वोच्च अदालतले बदर गरेसँगै प्रधानमन्त्री ओलीलाई अविश्वासको प्रस्तावमार्फत हटाउने तयारीमा यो समूह जुटेको छ । त्यसैले दाहाल नेपाल समूहले नयाँ सरकारको समीकरण बनाउन देउवासँग भेट गरेकाे बताइएको छ ।

मंगलबार चितवनमा रहेका दाहाल र नेपाल देउवासँग छलफल गर्न आज काठमाडौं आएका थिए । 

Logo