सर्वोच्चले नेकपाको विषयमा २० गते निर्णय गर्ने

सर्वोच्चले नेकपाको विषयमा २० गते निर्णय गर्ने


नेपाल कम्युनिष्ट पार्टीको नामका विषयमा सर्वोच्च अदालतले फागुन २० गते निर्णय सुनाउने भएको छ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र आधिकारिकता कसको भन्ने विवाद चर्किंदै गएका बेला यसको आधिकारिकताबारे आज सर्वोच्चमा बहश भएको थियो। 

०७५ सालमा तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबीच एकिकरण भएपछि नयाँ पार्टीको रुपमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नाम लिएर केपी ओली र प्रचण्डले निर्वाचन आयोगमा दर्ता गरेका थिए । तर त्यस अघि नै आयोगमा नेकपा नामको अर्को पार्टी दर्ता भइसकेको भन्दै ऋषि कट्टेलले यो नाम आफूले पाउनु पर्ने दाबी गरेका छन् ।

नेकपामाथि वैधानिकताको प्रश्न उठेसँगै यसै विषयमा सर्वोच्चमा परेको रिटमा आज सुनुवाइ हो । रिटमाथि न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासमा बहस गरेको थियो । 

पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले नेकपामा आफूहरुको भन्दै आधिकारिकता दाबी गर्दै आएका छन् भने ओली आफ्नै अडानमा छन् । 

Logo