कांग्रेस नेता स्व. महेन्द्रनारायण निधिको प्रतिमा अनावरण

कांग्रेस नेता स्व. महेन्द्रनारायण निधिको प्रतिमा अनावरण


नेपाली कांग्रेसका नेता स्व.महेन्द्रनारायण निधिको प्रतिमा स्थापना गरिएको छ ।

काठमाडौंको बसुन्धारास्थित महेन्द्रनारायण निधि मेमोरियल अस्पतालभित्र निधिको प्रतिमा स्थापना गरिएको हो । नेपाली कांग्रेसका उप–सभापति विमलेन्द्र निधिले बिहीबार महेन्द्रनारायण निधिको प्रतिमा अनावरण गरेका हुन् । सो अवसरमा उप–सभापति निधिले अस्पतालको नवनिर्मित भवन समेत उद्घाटन गरेका थिए । 

नेपालमा पहाडी भेगको प्रतिनिधित्व गर्दै राजनीतिको शीर्ष तहमा तथा राज्यको महत्वपूर्ण निकायमा पुगेका व्यक्तिहरुको तराईमा प्रतिमा निर्माण गरिने गरिएको भएपनि तराई मधेशको प्रतिनिधित्व गर्दै राजनीतिको शीर्ष तहमा पुगेका व्यक्तिहरुको पहाडी भेगमा खासै प्रतिमा स्थापना नगरिएको विगत रहेको छ । तराई मधेशबाट स्थापित नेताहरु मध्ये पहिलोपल्ट स्व. महेन्द्रनारायण निधिको काठमाडौंमा प्रतिमा स्थापना भएको हो ।

Logo