नेपालका लागि चीनका राजदूत होउ यान्छी र भारतका राजदूत विनय मोहन क्वात्राले आज नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटघाट गरेका छन् ।
नेपालको पछिल्लो विकसित राजनीतिक घटनाक्रमका विषयमा दुवै राजदूतले देउवासँग छलफल गरेका थिए । देउवा निवास बुढानिलकण्ठमा उनीहरुको भेट भएको हो।
नेपालमा पछिल्ला दिनमा नयाँ राजनीतिक घटनाक्रम विकास भएसँगै दुई छिमेकी देश चीन र भारतका राजदूतहरु सक्रिय भएका हुन् ।
प्रतिक्रिया