यस्ता छन् प्रतिनिधिसभाका सम्भावित कार्यसूची

यस्ता छन् प्रतिनिधिसभाका सम्भावित कार्यसूची


प्रतिनिधिसभाको बैठक आज अपरान्ह ४ बजे बस्दैछ।

सरकारले पुस ५ मा प्रतिनिधिसभा विघटन गरे पनि सर्वोच्च अदालतले बदर गरिदिएपछि प्रतिनिधिसभा पुनर्स्थापना भएको थियो।

आजको बैठकमा राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यक्रम छ।

यस्तै सभामुखले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रिपरिषद गठन सम्बन्धी पत्रहरूको व्यहोरा पढेर सुनाउनेछन्।

साथै आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद सम्बन्धी अध्यादेश प्रेश गर्नेछन् । 

गृहमन्त्री रामबहादुर थापा बादलले नेपाल प्रहरी र प्रदेश प्रहरी, सामाजिक सुरक्षा, तेजाव तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेशलगायत पेश गर्ने सम्भावित कार्यसूची छ।

Logo