तीनबुँदे घोषणापत्र जारी गर्दै कांग्रेस महिला विभागको लुम्बिनी प्रदेशस्तरीय महिला भेला सम्पन्न

तीनबुँदे घोषणापत्र जारी गर्दै कांग्रेस महिला विभागको लुम्बिनी प्रदेशस्तरीय महिला भेला सम्पन्न


नेपाली कांग्रेसको केन्द्रीय महिला विभागले बुधबारदेखि भैरहवामा आयोजना गरेको दुई दिने लुम्बिनी प्रदेशस्तरीय महिला भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । 

भेलामा लुम्बिनी प्रदेशका १२ जिल्लाका महिलाको उल्लेख्य सहभागिता रहेको थियो। महिला विभाग सचिव लक्ष्मी खतिवडाका अनुसार भेलाले ३ बुँदे घोषणापत्र जारी गरेको छ । 

पार्टी संरचनाको स्थानीय तह, गाउँ, नगर, प्रदेश तथा प्रतिनिधि सभामा अनिवार्य एकतिहाई नेतृत्वमा महिला हुनु पर्ने भेलाले जोडदार माग गरेको छ । यस्तै भेलाले महिलाहरुलाई रोजगारीमा जोड्न तथा उद्यमी बन्न, बनाउन सरकारले विशेष कार्यक्रमको व्यवस्था गरोस् भन्ने पनि माग गरेको छ।  

दाइजोका कारण पीडित हुने गरेका महिलाहरुको सामाजिक  सुरक्षा र न्यायमा जोड दिंदै मौजुदा कानुनको कार्यान्वयन र कठोर कानुनको निर्माणका निमित्त पनि सरकारसँग भेला जोडदार माग गरेको छ ।

कार्यक्रम नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै खाँणले अब कम्युनिष्टहरुको पतनको काउन्टडाउन सुरु भएको टिप्पणी गरे। गत पुस ५ गते प्रतिनिधि सभा विघटन गरेर सरकारले संविधानमाथि प्रहार गरेसँगै कम्युनिष्टका पतनका दिनहरु सुरु भएको नेता खाँणको भनाइ थियो।

भेलाको अध्यक्षता विभाग प्रमुख ईश्वरी न्यौपाने तथा सञ्चालन विभाग सचिव लक्ष्मी खतिवडाले गरेका थिए। कार्यक्रममा केन्द्रीय सदस्य डिना उपाध्यायले विश्वका महिला र नेपालका महिलाको लेखा जोखा गर्नुपर्ने बेला आएको बताइन्। 

यस्तै कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्य किशोरसिंह राठौर, देवेन्द्रराज कंडेल, अतहर कमाल मुसलमान, पार्वती विसी चौधरी, कृष्णकिशोर घिमिरे, रुपन्देही जिल्ला सभापति अब्दुल रज्जाक, दाङ जिल्ला सभापति कीर्तिबहादुर खड्का, नवलपरासी जिल्ला सभापति बिष्णु लामिछाने, लेखा समिति संयोजक भरत शाह र लुम्बिनी प्रदेश सांसद निर्मला केसी सम्बोधन गरेका थिए। 
 

Skip This
Logo