नयाँ सरकार गठनका लागि ४२ सांसदको हस्ताक्षरसहित विपक्षी दल प्रदेश प्रमुखको कार्यकक्षमा

नयाँ सरकार गठनका लागि ४२ सांसदको हस्ताक्षरसहित विपक्षी दल प्रदेश प्रमुखको कार्यकक्षमा


मुख्यमन्त्रीमा एमालेका शंकर पोखरेललाई नियुक्त गरेपछि लुम्बिनी प्रदेशका प्रमुख धर्मनाथ यादवलाई विपक्षी ‘कांग्रेस–माओवादी र जसपा’ गठबन्धनले ४२ जना सांसदको हस्ताक्षर बुझाएका छन्।

गठबन्धनका सांसदहरू हस्ताक्षर बुझाएपछि अहिले प्रदेश प्रमुख यादवसँग छलफल गरिरहेको कांग्रेस संसदीय दलका प्रमुख सचेतक फखरुद्दिन खानले बताए।
हस्ताक्षर सबै ‘ओरिजीलन’ भएको पनि उनको दावी छ।

‘हस्ताक्षर बुझाएपछि दुरुपयोग गरियो भन्ने चर्चा हुन्छ, त्यस्तै कसैको दुरुपयोग त भएको होइन?’ भन्ने प्रश्नमा प्रमुख सचेतक खानले उक्त दावी गरेका हुन्।

उनले प्रदेश प्रमुख साझा हुन नसकेको आरोप पनि लगाए। ‘सत्ता र शक्तिको चरम दुरुपयोग भयो, प्रदेश प्रमुख सम्मानित संस्था र सबैको आशासँगै भरोसाको संस्था हुनुपर्नेमा त्यस्तो देखिएन आज’, प्रमुख सचेतक खानले केन्द्रविन्दुसँग भने, ‘उहाँ (प्रदेश प्रमुख धर्मनाथ यादव) नेकपा एमालेको कार्यकर्ता जसरी हर्कत प्रस्तुत गर्नु भएको छ।’

उनले ४२ जनाको हस्ताक्षरसहित सरकार बनाउने दावी प्रदेश प्रमुख यादवसँग गरिरहेको पनि बताए। मुख्यमन्त्री पदमा पोखरेललाई शपथ ग्रहण गराउन नदिने र रोक्ने विपक्षी गठबन्धनको तयारी रहेको बताए।

Logo