एमाले स्थायी कमिटी बैठक सकियो, के भयो निर्णय ?

एमाले स्थायी कमिटी बैठक सकियो, के भयो निर्णय ?


नेकपा (एमाले) को आजको स्थायी कमिटी बैठक सकिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बिहान १० बजेदेखि बसेको बैठक भर्खरै सकिएको हो ।

आजको बैठकमा आगामी जेठ ६ गते हुने राष्ट्रिय सभाको निर्वाचनमा पार्टीलाई जिताउने गरि के गर्न सकिन्छ भन्ने बारेमा छलफल भएको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । 

यस्तै प्रधानमन्त्रीले लिन लागेको विश्वासको मतका विषयमा पनि छलफल भएको उनले बताए । उनका अनुसार यस बाहेक अन्य विषयहरुमा बैठक प्रवेश गरेन । 

प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २७ गते संसदमा विश्वासको मत लिने निर्णय गरेका छन् । तर उनले विश्वासको मत पाउने सम्भावना न्युन हुँदै गएको छ । 

Logo