सर्वदलीय बैठकका लागि नेताहरु बुढानिलकण्ठमा भेला

सर्वदलीय बैठकका लागि नेताहरु बुढानिलकण्ठमा भेला


नेपाली कांग्रेसले सर्वदलीय बैठक बोलाएको छ। सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बैठक बोलाएको हो। 

बैठकमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रवक्ता नारायणकाजी श्रेष्ठ, माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा लगायतका नेताहरु देउवा निवासमा जम्मा भएका छन्। यस्तै नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल पनि देउवा निवास पुगेका छन्। 

विकसित घटनाक्रमबारे छलफल गर्न राजनीतिक दलका नेताहरु कांग्रेस सभापति देउवा निवास बूढानीलकण्ठ गएका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले वैकल्पिक सरकार गठनका लागि आज साँझ ५ बजेसम्म बहुमत पुर्‍याउन समय दिएकी छिन।

नेपाली कांग्रेसले राष्ट्रपतिको कदम असंबैधानिक भन्दै यसलाई पररास्त गर्न अगाडि बढ्ने निष्कर्ष निकालेको थियो। 

सभापति देउवा निवास बुढानिलकण्ठमा आज बिहान बसेको पदाधिकारी बैठकले पछिल्लो पटक पनि प्रधानमन्त्री र राष्ट्रपति मिलेर नेपालको संविधानमाथि घोर जालसाझी गर्ने काम भएको निष्कर्ष निकाल्दै त्यसविरुद्ध एकजुट भएर प्रतिकार गर्ने निर्णय गरेको हो। 

बैठकले संविधान र लोकतन्त्र रक्षाका लागि अन्य दलहरुसँग छलफल गरेर अघि बढ्ने निर्णय गरेसँगै अहिले सर्वदलीय बैठक बस्ने भएको हो।

Logo