कर्णाली प्रदेश सरकारमा कांग्रेस सहभागी

कर्णाली प्रदेश सरकारमा कांग्रेस सहभागी


महेन्द्रबहादुर शाही नेतृत्वको कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेस सहभागी हुने भएको छ। 

कांग्रेसले दुई जना सांसदलाई मन्त्री बनाएर सरकारमा सहभागी हुने भएको हो। सुर्खेतका यज्ञबहादुर बिसी र जुम्लाका दिनबन्धु श्रेष्ठ मन्त्री भएका छन्।

बिसी सामाजिक विकासमन्त्री र श्रेष्ठ ऊर्जा तथा जलस्रोतमन्त्री बन्ने भएका छन्। उनीहरूलाई कांग्रेसले १३ बुँदे आचारसंहितामा पनि हस्ताक्षर गराएको छ।

उनीहरूको पद तथा गोपनीयताको शपथ ग्रहण आजै हुनेछ। यसपछि कर्णाली सरकारमा ८ जना मन्त्री हुनेछन्।

Logo