सांसद कृष्ण थापालाई थमौतीविरुद्ध पुनःअदालतमा राष्ट्रिय जनमोर्चा

सांसद कृष्ण थापालाई थमौतीविरुद्ध पुनःअदालतमा राष्ट्रिय जनमोर्चा


राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापालाई गरेको कारबाही थमौती गर्ने सर्वोच्च अदालतको अन्तरिम आदेशविरुद्ध पुनरावलोकन गर्ने भएको छ। राष्ट्रिय जनमोर्चाले पुनरावलोकनका लागि निवेदनसमेत दिएको छ।

दलकी नेता पियारी थापाले सर्वोच्चको आदेशविरुद्ध राष्ट्रिय जनमोर्चाको गण्डकी प्रदेशसभा संसदीय दलले पुनरावलोकन निवेदन दिएको बताइन्।

आजै उनीहरुले उक्त पुनरावलोकन निवेदन सर्वोच्च अदालतमा दर्ता गराएका छन्। पार्टी ह्वीप नमानेको भन्दै राष्ट्रिय जनमोर्चाले सांसद कृष्ण थापालाई दलबाट निष्कासन गरी प्रदेशसभा सचिवालयमा जानकारी गराएको थियो। 

त्यसपछि सभामुख नेत्रनाथ अधिकारीले प्रदेशसभा बैठकमा थापालाई दलले कारबाही गरेको जानकारी आएको सूचना पढेपछि थापा सांसद पदबाट पदमुक्त भएका थिए। त्यसविरुद्ध थापाले दिएको रिटमा सर्वोच्चले उनीमाथि गरेको कारबाहीको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो।

Logo