कर्णालीका चार सांसदकाे पद जोगायो सर्वोच्चले

कर्णालीका चार सांसदकाे पद जोगायो सर्वोच्चले


नेकपा एमालेको माधवकुमार नेपाल समूहका कर्णाली प्रदेशसभाका चारजना सदस्यलाई एमालेले गरेको कारबाही निस्तेज भएको छ ।

सर्वोच्च अदालतले सांसद प्रकाश ज्वालासहित चार जनालाई पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।

न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासबाट गुमेको पद फिर्ता पाउने सांसदमा ज्वालासहित नन्दसिंह बुढा, अमरबहादुर थापा र कुर्मराज शाही छन् ।

एमालेको केन्द्रीय कमिटीको निर्णयका आधारमा प्रदेशसभा सचिवालय उनीहरूलाई पदमुक्त गरेको थियो । सो निर्णय कार्यान्वयन नगर्न सर्वोच्चले अन्तरिम आदेश दिएको हो ।

ती चार जनाले पार्टीको ह्विपविपरीत फ्लोर क्रस गरेका थिए । ज्वाला सल्यान प्रदेशसभा (ख), बुढा डोल्पा प्रदेशसभा (क), शाही कालिकोट प्रदेशसभा (क) र थापा दैलेख १ (ख) बाट निर्वाचित भएका थिए ।

Logo