सरकारको प्रवक्तामा सञ्चारमन्त्री थापा

सरकारको प्रवक्तामा सञ्चारमन्त्री थापा


सरकारको प्रवक्ताकाे जिम्मेवारी नैन‍कला थापाले पाएकी छन् । प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारमा बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालको जिम्मेवारी पाएकी थापा सरकारको प्रवक्ता बनेकी हुन् । 

बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले थापालाई प्रवक्ताको जिम्मेवारी तोकेको एक मन्त्रीले जानकारी दिए । “सञ्चारमन्त्रीले नै प्रवक्ताको काम गर्ने भन्ने भएको छ,” ती मन्त्रीले भने । 

विगतमा पनि सञ्चारमन्त्रीलाई सरकारको प्रवक्ता तोक्ने परम्परा थियो । सरकारका औपचारिक निर्णय सञ्चारमन्त्रीमार्फत सार्वजनिक गर्ने प्रचलन छ । आजको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्रीले मन्त्रीको काम, कर्तव्य अधिकारका बिषयमा पनि सबै नवनियुक्त मन्त्रीलाइ जानकारी गराएका छन् ।

पूर्वगृहमन्त्री रामबहादुर थापा बादल पत्नी थापा  पहिलो महिला सञ्चार मन्त्री बनेकी हुन् । साथै सरकारकाे प्रवक्ताको जिम्मेवारीसमेत पाएकी छन् । सिंहदरबारमा बसेको बैठकमा प्रधानमन्त्री ओलीले नवनियुक्त मन्त्रीहरूलाई बधाई दिएका थिए ।

Logo