दीपक मनाङेले दिए पदबाट राजीनामा

दीपक मनाङेले दिए पदबाट राजीनामा


गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङेले आफ्नो पदबाट राजीनामा दिएका छन्।

बिहीबार संसदमा अनुपस्थित भएका मनाङेले पदबाट सोही दिन राजीनामा दिएका हुन् । बिहीबारबाटै लागू हुनेगरी आफूले पदबाट राजीनामा दिएको उनले बताएका छन्।

उनले मुख्यमन्त्री नै पदमुक्त भइसकेपछि आफूलाई मन्त्रीका रूपमा काम गर्न नैतिकताले नदिने भएकाले राजीनामा दिएको बताएका छन्।

उनले विपक्षी गठबन्धनको नेतृत्वमा वैकल्पिक सरकार निर्माण गर्ने उद्देश्यले आफू बिहीबारको बैठकमा अनुपस्थित भएको पनि स्पष्ट पारेका छन्। 

Logo