सभामुखले आज प्रमुख दलका शीर्ष नेतासँग छलफल गर्ने

सभामुखले आज प्रमुख दलका शीर्ष नेतासँग छलफल गर्ने


सभामुख अग्निप्रसाद सापकोटाले प्रमुख राजनीतिक दलका नेतासँग आज छलफल गर्ने भएका छन्।  

सभामुख सापकोटाले पत्राचार नै गरेर विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलका नेतालाई छलफलका लागि आमन्त्रण गरेका हुन्।

सभामुख सापकोटाका सञ्चारविज्ञ श्रीधर न्यौपानेका अनुसार बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री र संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका नेतालाई बोलाइएको छ। 

समसामयिक विषयमा छलफलका लागि उनीहरुलाई बोलाइएको बताइएको छ। बैठक अपराह्न २ बजे संघीय संसद् भवन नयाँ बानेश्वरको ल्होत्से हलमा आयोजना गरिएको छ। 

प्रतिनिधिसभा दोस्रोपटक विघटन भएपछि सभामुख सापकोटाले यसअघि पूर्वसभामुख तथा कानून व्यवसायीसँग पनि छलफल गरेका थिए।

Logo