गण्डकीमा विपक्षी गठबन्धनका ३१ सांसद प्रदेश प्रमुखको निवास अगाडि धर्नामा

गण्डकीमा विपक्षी गठबन्धनका ३१ सांसद प्रदेश प्रमुखको निवास अगाडि धर्नामा


नयाँ सरकार गठनका लागि मुख्यमन्त्री गुरुङले पनि दाबी पेस गरेसँगै विपक्षी गठबन्धन प्रदेश प्रमुखको निवास अगाडि धर्नामा बसेका छन्। उनले गरेको दावी असंवैधानिक र अलोकतान्त्रिक हर्कत भएको विपक्षी गठबन्धनको दाबी छ।

आजै विपक्षी गठबन्धनका ३१ जना सांसदहरू प्रदेश प्रमुखको निवासमा पुगेका छन्।
गण्डकी प्रदेशमा वैकल्पिक सरकार गठनका लागि प्रदेश प्रमुखले दिएको समय सीमाभित्र विपक्षीको मात्र नभएर मुख्यमन्त्री गुरुङको पनि दाबी परेपछि उनीहरु रुष्ट भएका हुन्।

मुख्यमन्त्री गुरुङले राष्ट्रिय जनमोर्चा नेपालका कृष्ण थापा र जनता समाजवादी पार्टीको प्रदेश कमिटीको समर्थन रहेको पत्रका आधारमा दाबी पेश गरेका थिए।

यसअघि शुक्रबार नै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहितका गठबन्धनले स–शरीर उपस्थित भएर नेपाली कांग्रेसको नेतृत्वमा सरकारको दाबी गर्दै बहुमत अर्थात ३१ सदस्यको हस्ताक्षर बुझाइसकेका थिए।

अहिले गण्डकीमा ‘संविधानको धारा १६८ को उपधारा ५ अनुसारको सरकार गठनको प्रक्रिया सुरु भएको छ।

बहुमत पुग्न ३० बढी सांसद चाहिन्छ । विपक्षीसँग ३१ जना सांसद छन्।

Logo