‘कर्के नजर’ मा सृष्टि खड्का र सुवास तिमल्सिनाको अभिनय

‘कर्के नजर’ मा सृष्टि खड्का र सुवास तिमल्सिनाको अभिनय


मेलिना राई र जोसेफ शाही ठकुरीको आवाजमा ‘कर्के नजर’ बोलको गीत सार्वजनिक भएको छ । लोकपप फ्यूजन शैलीमा बनेको रोमान्टिक गीतको म्यूजिक भिडियोलाई हाईलाईट्स नेपालले बजारमा ल्याएको हो ।

काले दाई, कान्छी मट्याङ-ट्याङ जस्ता दर्जनौ गीतमा संगीत भरिसकेका चर्चित संगीतकार कोशिष क्षेत्रीको संगीत रहेको ‘कर्के नजर’मा वासुदेव नेपालको शब्द रहेको छ भने चर्चित एरेन्जर उदयराज पौडेलले संगीत संयोजन गरेका छन् । कृपा दृष्य स्टुडियोमा रेकर्ड गरिएको गीतलाई उज्वल स्रेयन महतले मिक्सिङ, मास्टरिङ गरेका हुन्।

सुरेन्द्र बसेलको कोरियोग्राफी रहेको गीतमा सृष्टि खड्का र सुवास तिमल्सिनाको अभिनय हेर्न सकिन्छ । पछिल्लो समय भिडियो सम्पादन भन्दा निर्देशनमा व्यस्त निशान घिमिरेले ‘कर्के नजर’को भिडियो निर्देशन गरेका हुन् ।

बालाजु स्थित एन.एफ.डि.सी स्टुडियोमा खिचिएको भिडियोलाई उत्सव दाहालले छायाँकन गरेका हुन भने बिकाश दाहालले सम्पादन गरेका छन् ।

Logo