सरकारले कोरोनाविरुद्ध २० लाख डोज खोप खरिद गर्ने

सरकारले कोरोनाविरुद्ध २० लाख डोज खोप खरिद गर्ने


सरकारले कोरोनाविरुद्ध २० लाख डोज खोप खरिदका लागि आवश्यक प्रक्रिया अघि बढाउने निर्णय गरेको छ ।  

आज मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा संचारमन्त्री पार्वत गुरुङले यसको जानकारी दिएका हुन् ।  

२० लाख डोज खोप खरिदका लागि आवश्यक रकम अभाव हुन नदिने गरि तयारी गरिएको उनले बताए ।

Logo