विप्लवका कास्की प्रमुख पक्राउ

विप्लवका कास्की प्रमुख पक्राउ


कास्की

नेत्रविक्रम चन्द (विप्लव) समुहका कास्की जिल्लास्तरीय एक नेतालाई प्रहरीले पक्राउ गरेको छ ।

सो समुहका कास्की जिल्ला प्रमुख रामकाजी गुरुङलाई शुक्रबार साँझ पोखरा–२५ याम्दीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्रमान गुरुङले जानकारी दिनुभयो ।

पोखरा–११ फूलबारी निवासी गुरुङ विप्लव समूहका जिल्लाका प्रभावशाली नेता भएको बुझिएको छ । प्रहरीले गत हप्ता सोही समूहका तमुवान जनपरिषद्का संयोजक लेखनाथ निवासी किसानसिंह गुरुङलाई पक्राउ गरेको थियो ।

सरकारले विप्लव समूहका गतिविधिमाथि प्रतिबन्ध लगाएसँगै गण्डकी प्रदेशका विभिन्न जिल्लाबाट सो समूहका २२ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

रासस

Logo