साताको अन्तिम दिन शेयर बजार २१.२९ अंकले घट्योः सबै समूहहरु राताम्मै

साताको अन्तिम दिन शेयर बजार २१.२९ अंकले घट्योः सबै समूहहरु राताम्मै


मंगलबार र बुधबार लगातार रुपमा बढ्दै आएको शेयर बजार मापक नेप्से परिसूचक आज २१.२९ अंकले ओरोलो लागेको छ । बुधबार मात्रै ४१.३० अंकले बढेको नेप्से परिसूचक सबै समूहहरु हरियाली छाएको थियो भने कारोबार रकम पनि उच्च रहेको थियो ।

तर आज २१.२९ अंकले नेप्से २ हजार ५४८.९६ विन्दुमा पुगेर कारोबार बन्द भएको छ। बुधबार नेप्से २ हजार ५७०.२५ अंक पुगेको थियो । आज नेप्से परिसूचकका प्रायः सबै समूहको मूल्य घटेको छ । 

आज कारोबार रकम पनि ६ अर्ब ५ करोड ८० लाख ६ हजार ४० रुपैयाँ बराबरमा कारोबार भएको छ । आज २०८ कम्पनीहरुको १ करोड २५ लाख ४८ हजार १ सय ४६ कित्ता शेयर कारोबार भएको छ ।

आज व्यापार १७४, होटल तथा पर्यटन १५४ र लगानी समूह १ अंकले बढेको छ भने बाँकी अरु सबै समूह घटेका छन् । बैंकिङ १९.६७, विकास बैंक १९.९२, जलविद्युत ४४.२८, फाइनान्स २.८८, निर्जीवन बीमा ५४.१५, उत्पादन ४९.६३, अन्य ३७.२२, माइक्रोफाइनान्स ४७.५४ र जीवन बीमा समूह १६९.८ अंकले घटको छ । 

चन्द्रागिरि हिल्सको मूल्य आज पनि १० प्रतिशतले बढेको छ । कम्पनीको मूल्य प्रतिकित्ता १८९ रुपंैयाँले बढेर २ हजार ७९ रुपैंयाँ पुगेको छ । त्यस्तै आज सपोर्ट माइक्रोफाइनान्सको मूल्य पनि १० प्रतिशतले बढेर मूल्य प्रतिकित्ता २ हजार २२९ रुपै‌याँ पुगेको छ भने ओमी माइक्रोफाइनान्सको मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ९७३ रुपैंयाँ कायम भएको छ । 

सिद्धार्थ इन्स्योरेन्स र माउन्टेन हाइड्रोको मूल्य ७ प्रतिशतभन्दा धेरैले बढेको छ ।  बोटलर्स नेपालको मूल्य ६ प्रतिशतले बढेको छ । तर हिमालय उर्जा विकास, सान्जेन र रसुवागढी जलविद्युतको मूल्य ४ प्रतिशतले घटेको छ । 

आज सबैभन्दा धेरै कारोबारका नेपाल इन्फ्रास्ट्रक्चर बैंकको भएको छ । निफ्रा कम्पनीको ९१ करोड रुपैंयाँ बराबरको कारोबार हुँदा मूल्य ४ प्रतिशतले बढेर प्रतिकित्ता ६०८ रुपैंयाँ कायम भएको छ ।  माथिल्लो तामाकोसीको २६ करोड रुपैंयाँ बराबरको कारोबार भएको छ । तर मूल्य घटेर प्रतिकित्ता ७७५ रुपैंयाँ कायम भएको छ । 

Logo