पाल्पामा थप दुई कोरोना सङ्क्रमितको मृत्यु

पाल्पामा थप दुई कोरोना सङ्क्रमितको मृत्यु


पाल्पा।

पाल्पामा थप दुई जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । माथागढी गाउँपालिका–३, का ४३ वर्षीय पुरुषको तानसेनस्थित मिसन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । यस्तै बगनासकाली गाउँपालिका–१, का ६३ वर्षीया महिलाको लुम्विनी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

चिर्तुङधाराकी महिलालाई स्वास्थ्यमा समस्या आएपछि कात्तिक २८ गते अस्पताल भर्ना गरिएको थियो । शनिबार कोरोना पुष्टि भएकी महिलाको अस्पतालको आइसोलेसनमा उपचारका क्रममा शनिबार राति मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । मृत्यु भएका महिलालाई निमोनिया र श्वासप्रश्वासको समस्या देखिएको थियो ।

माथागढीका पुरुषको उपचारका क्रममा आईतबार दिउसो मृत्यु भएको अस्पतालले जनाएको छ । मधुमेह सम्बन्धी समस्याबाट पीडित रहेका पुरुषलाई श्वाप्रश्वासमा समस्या आएपछि शुक्रबार साँझ अस्पतालमा भर्ना गरिएको थियो । पाल्पामा हालसम्म कोरोनाका कारण १६ जनाको मृत्यु भएको छ ।

Logo