काठमाडौं मल र आरबि कम्प्लेक्समा महानगरले चलायो डोजर (फोटो फिचर )

काठमाडौं मल र आरबि कम्प्लेक्समा महानगरले चलायो डोजर (फोटो फिचर )


काठमाडौं महानगरपालिकाले सुन्धारास्थित काठमाडौंमलमा बनेको अनधिकृत संरचना हटाएको छ। बुधबार बिहान काठमाडौंमहानगरका  मेयर बालेन साहको टोली सहित  गएर सो संरचना हटाएको हो।

 डोजर प्रयोग गरी अनधिकृत संरचना हटाएको काठमाडौंमहानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए। काठमाडौं उपत्यका प्रहरी कार्यालयकी प्रमुख मीरा चौधरीसहितको टोली पनि उक्त स्थानमा पुगेको छ।

काठमाडौं मल कर्मचारी सञ्चय कोषको स्वामित्वमा  रहेको छ। यो भवन भाडामा लिएकाहरूले अनधिकृत रूपमा नक्सा विपरीतका संरचना बनाएर उपयोग गरिरहेका थिए।

त्यस्तै महानगरपालिकाले न्यूरोडस्थित आरबी कम्प्लेक्स अगाडि समेत डोजर चलाएको छ। काठमाडौं मलअगाडि नक्सा पास नगरी बनाइएका संरचना भत्काए र महानगरपालिका न्यूरोडको आरबी कम्प्लेक्सको  संरचना भत्काएको हो । 

महानगरपालिकाले उक्त कम्प्लेक्स अगाडिका संरचना भत्काइरहेको छ। घटनास्थलमा मेयर बालेन साह आफैँ उपस्थित भएका छन्। महानगरले रंजनागल्लीको कोजी कम्प्लेक्स र न्युरोडको केषा प्लाजालाई पुन: मिति दिएर फर्किएको छ ।

 

Logo