यस्तो छ तपाइँको आजको राशिफल

यस्तो छ तपाइँको आजको राशिफल


आजको पात्रो: ९ भाद्र २०७९, विहीबार । तद्नुसार २५ अगष्ट २०२२ ।

भाद्रकृष्णपक्ष त्रयोदशी तिथि, वणिज करण, पुष्य नक्षत्र, वरियान योग, चन्द्रमा कर्कट राशिमा रहेको छ । आज विहान सूर्योदय ५ः४० मा सूर्यास्त ०६ः३३ मा हुनेछ । आजका देवता कुवेर र ग्रहदेव बृहस्पति रहेको छ । विहीबारको दिन अध्ययन, अध्यापनको काममा लाग्नु वेश हुनेछ । विहीबारको दिन मन्दिर र धार्मिक स्थलहरुको भ्रमण गर्नु उत्तम हुनेछ । आज १ः४० देखि ३ः२० सम्मको समयमा राहुकाल रहेको छ । यो समयमा शुभकार्य गर्नु हुँदैन ।

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) : सामाजिक र धार्मिककाममा गर्नुहुने कामबाट तपाईलाई मानसम्मान मिल्नेछ । स्वास्थ्यमा सुधार हुनेछ, आफूभन्दा उच्चब्यक्तिबाट प्राप्त हुने सम्मानले तपाईको मनमा हर्ष छाउने छ । नयाँ काम गर्न मन लाग्नेछ । नयाँ स्थानको यात्रा फलदायी हुनेछ । 

वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) : आकस्मिक धनलाभ हुनेछ । व्यापार ब्यबसायबाट नसोचेको आर्थिकलाभ प्राप्त हुनेछ । शत्रुमाथि विजयप्राप्त हुनेछ । दाम्पत्य जीवनमा सुख प्राप्त हुनाका साथै यात्राको अवसर प्राप्त हुनेछ । मनमा सकारात्मक सोच र खुसी हुने खबरले उत्साह थपिने छ । चन्द्रमाको साथ रहेको छ । कुनै शुभकार्य गर्दा फलदायी हुनेछ । आज विहान सूर्योदयको दर्शन गर्नुहोला । 

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) : धनलाभ र नयाँ नयाँ खबरले तपाईको मनमा खुसियाली छाउने छ । घर परिवार र आफन्तसँग केही विषयमा विवाद हुनसक्छ । त्यसैले आजको दिन कम बोल्ने र अर्काका कुरा सुन्ने गर्दा राम्रो हुनेछ । राम्रो काम गर्न खोज्दा पनि अनावश्यक आरोप लाग्न सक्छ । सत्कार्यका लागि तपाईले गरेको कामअनुसारको फल प्राप्त हुनेछ । 

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) : कर्कट राशिका जातकहरुको लागि आजको दिन यात्रा गर्न लाग्नु भएको छ भने यात्राबाट फाइदा पुग्नेछ । आजको दिन तपाईको सोचअनुसारको काम गर्दा तपाईलाई फाइदा हुन्छ । व्यापार ब्यबसायमा नयाँ लगानी गर्नु पनि सकिन्छ । अध्ययन अध्यापनमा लागेका कर्कट राशिका जातकका लागि नयाँ अवसर प्राप्त हुनेछ । चन्द्रमाको साथ रहेको छ । विहान सूर्योदयको दर्शन गर्नुहोला ।  

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) : सिंह राशिका जातकले विहीबारको विहान सूर्योदयको दर्शन गर्नुहोला । तपाईलाई अनावश्यक विवाद हुनसक्छ । आजको दिन भुलेर पनि कसैसँग विवाद नगर्नुहोला । पारिवारिक समस्याका कारण मनमा अनेक समस्या उत्पन्न हुनसक्छ । त्यसैले आजको दिन मौन रहेर आफ्नो नियमित कार्य गर्नुहोला । अध्ययनमा रुचि छ भने नयाँ पुस्तक अध्ययनको थालनी तपाईको लागि शुभ हुनसक्छ ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) : यात्रा गर्नुपर्ने हुनसक्छ । नयाँ मित्रमण्डलीसँगको भेटले कार्यगत उत्साह थपिने छ । आफन्त र मित्रजनबाट साथ र सहयोगको प्रस्ताव आउनसक्छ । आजको दिन नयाँ बस्त्र खरिद गरेर लगाउन राम्र्रो हुनेछ । स्त्रीजातिको साथ र सहयोग लिएर कुनै काम गर्नु थाल्नुभएको छ भने सोचअनुसारको प्रतिफल प्राप्त हुनेछ ।

तुला (रा.री.रु.रे.रो.ता.ती.तु.ते) : तुला राशिमा जातका लागि मानसिक असन्तोष र तपाईले सोच अनुसारको काम नहुँदा चिन्ता थप हुनसक्छ । त्यसैले मनमा सकारात्मक सोच राखेर काम गर्न आवश्यक छ । व्यापार ब्यबसायमा हुनुहुन्छ भने आजको दिन तपाईलाई फाइदा हुन्छ । धैर्यको आवश्यकता हुन्छ । सकारात्मक सोच राखेर अघि बढ्नु होला ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) : आजको दिन विहान सूर्योदयको दर्शन गरेर दिनको शुरुवात गर्नुहोला । मनमा प्रसन्नता र उत्साह बढ्ने छ । तपाईले कुनै नयाँ कामको शुरुवात समेत गर्न सक्नुहुनेछ । आज शुरुवात गरेको कामबाट सफलता प्राप्त हुनेछ । तपाईमाथि अनावश्यक आरोप लाग्नसक्छ त्यसैले आफ्नो नियमित काम गर्दा होसियारी, धैर्य आवश्यक छ ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) : परिवार तथा आफन्तजनको  साथ सहयोगले तपाईको कार्य प्रगति हुनेछ । आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोला । आजको दिन ब्यर्थमा समय खर्च र अनावश्यक आर्थिक भार थपिने छ । आजको दिन मित्रमण्डलीबाट असहयोग हुनसक्नेछ। साथ सहयोग कसैको नहुँदा पनि तपाईको मनमा उर्जाका लागि देवालय र शिवालयको दर्शन गर्नु जानुहोला । 

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) : आजको दिन तपाईल सोचेअनुसारको काम हुने भएकाले नयाँ काम गर्नसक्नुहनेछ ।  आफूले गरिरहेको कामबाट मानसम्मान प्राप्त हुनसक्छ । आफ्नो कर्मयात्रामा हिडिरहेकाहरुलाई नसोचेको सम्मान मिल्नसक्छ । धेरै खुसी र दुःखी नभइकन आफ्नो काम गरिरहनु होला । मनमा निकै हर्ष छाइरहने छ  विहान सूर्यनारायणलाई जल दिएर दर्शन गर्नुभयो भने दिन सफल हुनेछ ।   

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) ; मनमा अति प्रसन्नता छाउने छ । कुम्भ राशिका जातकले आजको दिन सोचअनुसारको काम  र शत्रुमाथि विजयप्राप्ति हुनेछ । ब्यापार व्यबसायबाट बाट प्राप्तबाट धनलाई सामाजिक सेवामा खर्च गर्नुभयो भने मानसम्मान मिलनेछ । सामाजिक काममा मन जानेछ । तपाईले गरेको कार्यको परिवारका सदस्य समेत खुसी हुनेछन् । 

मीन (दी.दु.थ.झ.ञ.दे.दो.च.ची) : विहीबारका दिन मीन राशिमा जातकले विहान सूर्योदयको दर्शन गरेर नजिक वा देवालयको दर्शन गर्नु उत्तम छ । अध्ययन अध्यापनको क्षेत्रका कार्य गर्ने जातकले आजको दिन विहान सूर्यस्तोत्र पाठ गर्दा सकारात्मक सोच बढ्नेछ । तपाईले गर्न खोजेको काममा पनि सफलता मिल्नेछ । यात्रा र धार्मिक कार्यमा लाग्नु भयो भने मनमा उत्साह भरिने छ । 

Logo