हङकङ एसिया कपमा छनोट

हङकङ एसिया कपमा छनोट


युएईमाथि ८ विकेटको जितसहित हङकङले एसिया कप टी-२० क्रिकेट २०२२ मा स्थान पक्का गरेको छ ।

बुधबार सम्पन्न  एसिया कपको छनोट खेलमा युएईले प्रस्तुत गरेको एक सय ४८ रनको लक्ष्य हङकङले १९ ओभरमा मात्र दुई विकेटको क्षतीमा पूरा गर्यो । हङकङका लागि यासिम मुर्ताजाले ५८ र बाबर हायातले अविजित ३८ रनको योगदान गरे । त्यस्तै,  कप्तान तथा ओपनर निजाकत खानले ३९ रन जोडे । युएईका बासिल हामेद र जुनैद सिद्दिकीले समान एक विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङका लागि आएको युएई १९.३ ओभरमा मात्र १ सय ४७ रनमा सीमित भएको थियो । युएईका लागि कप्तान रिजवानले ४९ र जवारले ४१ रन जोडे । हङकङका इशान खानले ४ र आयुष शुक्लाले ३ विकेट लिए । ३ खेलमा सतप्रतिशत नतिजा ल्याएको हङकङको ६ अंक रह्यो भने कुवेतको समान खेलमा ४ अंक रह्यो ।

युएईको २ अंक रह्यो भने सिंगापुरले अंक खाता खोल्न सकेन । हङकङले समूह ‘ए’ मा भारत र पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । समूह ‘बी’ मा भने श्रीलंका, अफगानिस्तान र बंगलादेश रहेका छन् ।

Logo