एकीकृत समाजवादीले आज पार्टी पुनर्गठन दिवस मनाउँदै

एकीकृत समाजवादीले आज पार्टी पुनर्गठन दिवस मनाउँदै


नेकपा एकीकृत समाजवादीले आज पार्टी पुनर्गठन दिवस मनाउँदैछ। 

पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले आज दिउँसो १ बजे बानेश्वरस्थित एक ब्यांक्वेटमा पुनर्गठन दिवस मनाउन लागिएको जानकारी दिए । एकीकृत समाजवादीले निर्वाचन अयोगबाट पार्टी दर्ता प्रमाणपत्र पाएको दिन भदौ ९ गतेलाई पार्टी पुनर्गठन दिवसको रुपमा मनाउन लागेको हो । गत वर्ष नेकपा (एमाले) बाट विभाजन भई माधवकुमार नेपालको नेतृत्वमा भदौ २ गते निर्वाचन आयोगमा दल दर्ताको लागि निवेदन दिएकोमा भदौ ९ गते प्रमाणपत्र पाएको थियो । 
 

Logo