युट्युबले कमाउँछ वर्षमा २८ खर्ब

एजेन्सी । अहिले विश्वभर युट्युबको प्रयोग एकदम बढेको छ । सामाजिक सञ्जाल अन्तर्गतको युट्युबमा भिडियो हेर्नेहरूको संख्या दिनप्रति बढ्दै गएको हो ।

जसको प्रभाव नेपालमा पनि परेको छ । युट्युबबाट पैसा पनि राम्रै कमाई हुन्छ । तर त्यही युट्युबले भने वर्षमा कति पैसा कमाउँछ होला ? के अनुमान लगाउन सकिन्छ ? युट्युबले वार्षिक करिब २८ खर्ब रुपैयाँ (२५ अर्ब डलर) सम्म कमाउने गरेको अनुमान गरिएको छ ।

गुगलको आम्दानीमा युट्युबले २० प्रतिशत योगदान गर्ने गरेको छ । गत वर्ष मात्र गुगलले १ खर्ब ३७ अर्ब डलर आम्दानी गरेको थियो ।

युट्युबका वित्तीय तथ्यांकहरु अति गोप्य राखिन्छन् । युट्युबका हिसाब किताबका सबै विषयहरु गुगलसँग जोडिन्छन् । गुगलले युट्युबको छुट्टै आम्दानी तथ्यांक सार्वजनिक गर्दैन । न्युयोर्क टाइम्सको सहयोगमा ।