दोहोरो अंकले घट्यो सेयर बजार, १ अर्ब ७१ करोडको कारोबार

दोहोरो अंकले घट्यो सेयर बजार, १ अर्ब ७१ करोडको कारोबार


 साताको पाचौँ दिन बिहीबार नेपाल स्टक एक्सेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ । बुधबार सामान्य अंकले बढेको बजार बिहीबार १८ दशमलव ३० अंकले घटेर २ हजार ३९ दशमलव ५४ विन्दुमा बन्द भएको हो । 

बिहीबार २१९ वटा धितोपत्रको ४२ लाख ३४ हजार कित्ता सेयर १ अर्ब ७१ करोड ७४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको नेप्सेले जनाएको छ । 

बिहीबार १३ वटै समूहको परिसूचक घटेको छ । सबैभन्दा बढी फाइनान्स समूहको परिसूचक २ दशमलव शून्य ७ प्रतिशतले घटेको हो । 

बिहीबार अप्पर हेवाखोला हाइड्रोपावरको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ भने कारोबार रकमको आधारमा सबैभन्दा बढी हिमाल दोलखा हाइड्रोपावरको ११ करोड २४ लाखभन्दा बढीको सेयर कारोबार भयो ।

Logo