जमिनमा धाँजा फाट्दा बस्ती नै जोखिममा, ६ परिवार विस्थापित

जमिनमा धाँजा फाट्दा बस्ती नै जोखिममा, ६ परिवार विस्थापित


जमिनमा धाँजा फाटेर लगातार लच्किँदै जान थालेपछि पर्वतको जलजला गाउँपालिका-५ शालिजाको भोटेडाँडा स्थित चोराय गाउँका ६ परिवार विस्थापित भएका छन् । 

गाउँभन्दा केही तल रहेको पाखोगत वर्ष धाँजा फाटेर जमिन लच्किँदै तल सर्दै गरेकोमा य वर्ष पनि पहिरो जाँदा स्थानीय प्रेमप्रसाद सुवेदी, देवीप्रसाद सापकोटा, दीपक सापकोटा, गणेश आचार्य र रमाकान्त सुवेदीको घर नै बग्ने अवस्थामा पुगेको हो ।

पहिरोको नजिकै रहेका कारण घर जति बेला पनि पहिरोमा पर्न सक्ने भएकाले उनीहरू आफ्नो घर छाडेर त्यहाँ भन्दा केही माथि रहेका छिमेकीको घरमा आश्रय लिएर बसिरहेको गाउँपालिकाका अध्यक्ष राजु आचार्यले बताए ।

जमिनको तल्लो आधार तहबाट पूरै फाटेको कारण माटो बग्दै जाँदा रुख र फलफूलका रुखहरू पनि ढलेका छन्। ठूलो  क्षेत्रमा पहिरो सुरु भएकाले संरचना निर्माण गरेर वा ग्याबिन जाली भरेर पनि पहिरो रोकिने अवस्था छैन। पहिरो बढ्दै गए त्यो भन्दा माथि रहेका सयौँ घरहरू विस्थापित हुने अवस्था छ।  पहिरो गाउँभन्दा तलबाट सुरु भएका कारण माथिका सबै घर पहिरोमा पर्ने जोखिम रहेको आचार्यले बताए।
 

Logo