छैठौं शैक्षिक मेला संचालन हुँदै

“स्वदेशमै शिक्षा, सबैको इच्छा” भन्ने मूल नाराका साथ छैठौं शैक्षिक मेला संचालन हुने भएको छ ।

नेपालमा उच्च शिक्षा लिन चाहने विद्यार्थीलाई लक्षित गरी भिजन मिडिया इन्कर्पोरेशन र एजुकेशन डटकमले शैक्षिक मेला आयोजना गर्न लागेको हो । मेलामा ४२ भन्दा बढी कलेजहरु सहभागी हुनेछन् ।

मेलालाई बिबिए, एमबिए, बिआईटी, बिआईएम, बिएचएम, बिटिटिएम, बिबिएम, बिएचटिएम, बिएएसडब्लु, बिबिएस, बिएस्सी, सिएसआईटी लगायत कोर्ष पढ्न चाहाने बिद्यार्थीेहरु लाभान्वित हुने आयोजकले जनाएको छ ।

मेलामा काठमाडौं विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्या, मध्यपश्चिमाञ्चल विश्वविद्यालय तथा विभिन्न अन्तर्राष्ट्रिय विश्वविद्यालयसँग आवद्ध विभिन्न कलेजहरुले विद्यार्थीहरुलाई निःशुल्क परामर्श दिनेछन् ।

मेला आगामी साउन १७ र १८ गते विहान १० बजेदेखि साँझ ६ बजेसम्म संचालन हुनेछ ।