च्यासलमा सुरु भयो एमालेको केन्द्रीय कमिटी बैठक

च्यासलमा सुरु भयो एमालेको केन्द्रीय कमिटी बैठक


काठमाडौं । नेकपा(एमाले)को केन्द्रीय कमिटी बैठक सुरु भएको छ । आसन्न निर्वाचनमा केन्द्रित बैठक पार्टी केन्द्रीय कार्यालय ललितपुरको च्यासलमा शुक्रबारबाट सुरु भएको हो । बैठक भोलिसम्म चल्नेछ । 

बैठकमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको योजना, चुनावी घोषणा पत्रको तयारी, उम्मेदवार छनौटको मापदण्ड, स्थानीय तह निर्वाचनको क्रममा प्राप्त उजुरीका बारेमा निर्णय लिनेलगायतका अजेन्डामा छलफल हुनेछ । 

 

Logo