ईंटा भट्टाको पोखरीमा डुबेर दाजु बहिनीको मृत्यु

रौतहट,
रौतहटको चन्द्रपुर नगरपालिकाको डुमरियामा बुधबार दिउसो दुइ जना बालबालिकाको पोखरीमा डुबेर मृत्यु भएको छ । मृत्यु हनेमा सर्लाही जिल्ला घर भई डुमरिया बस्दै आएका संजय साहका ११ बर्षिय अनिस साह र आठ बर्षिय कल्पना साह रहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ । मृतकहरु एकै घरका दाजु बहिनी हुन् ।

चन्द्रपुर नगरपालिका वडा नम्वर नौ डुमरियामा इटा भट्टाको पोखरीमा डुबेर उनीहरुको मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जानकारी दिएको छ । सर्लाहीको हरीपुर नगरपालिका वडा नम्वर चार स्थायी घर भएका मृतक साहको परिवार काम गर्न चन्द्रपुर नपा वडा नम्वर नौ स्थित डुमरिया बस्दै आएका थिए । इटा भट्टाले बनाएको खाल्टोमा जमेको पानीमा खेल्न गएका दाजुबहिनीको मृत्यु भएको जनाइएको छ ।

मृतक परिवारका अनुसार, बुधबार बिप्लब समुहको बन्दको कारण शैक्षिक संस्था नखुलेपछि ति बालबालिका खेल्न जाँदा डुवेर मृत्यु हुनपुगेको हो । मृतकको शब पोष्टमार्टमको लागी चन्द्रनिगाहपुर अस्पतालमा राखिएको छ । यसैगरी, केहीदिन अघि चन्द्रपुर नगरपालिका वडा नम्वर छ बेल्डीमा नौ बर्षिय बिराज पहरीको पनि नहरमा डुबेर मृत्यु भएको थियो । स्थानिय गोबिन्द पहरीको छोरा बिराज नहरमा पौडी खेल्न जादा मृत्यु भएको प्रहरीले जनाएको छ ।
रासस