बुबाको मुख हेर्ने दिनको अवसरमा सानिमा बैंकका ग्राहकलाई विशेष छुट

बुबाको मुख हेर्ने दिनको अवसरमा सानिमा बैंकका ग्राहकलाई विशेष छुट


सानिमा बैंकले बुवाको मुख हेर्ने दिनको अवसरमाग्रा हकहरुलाइ विशेष छुटको व्यवस्था गरेको छ । उक्त छुट ग्राहकहरुले रेडिसन होटल (द पेस्ट्री शप), अकामा होटल, गिफ्टमाण्डू, केक मार्ट प्रा.लि., बाजेको केक, ओनेक्स ट्रेडिङप्रा.लि.(द बाइकफार्म नेपाल) र सोवा हेल्थकेयर सेन्टरमाप्राप्त गर्न सक्नेछन् ।

सानिमा बैंकको डेविट÷क्रेडिट कार्ड वामोबाइल बैंकिङ्गबाट साझेदारी मर्चेन्टहरुमा भुक्तानी गर्दा २० प्रतिशत सम्मको छुट प्राप्त गर्न सक्नेछन् । यसैगरी कुनै पनि मर्चेन्टमा ग्राहकहरुले सानिमा मोबाइल बैंकिङ्गबाट क्यू आर कोडबाट भुक्तानी गर्दा १० प्रतिशत अधिकतम  १०० सम्मको छुट प्राप्त गर्न सक्नेछन् । यो योजना शनिबारदेखि मात्रै लागू हुनेछ ।

सानिमा बैंकको देशका सातै प्रदेशमा १२७ वटा कार्यालय तथा १२० वटा ए.टि.एम. संचालनमा रहेका छन् । साथै, सानिमा बैंककोडेबिट तथाक्रेडिट कार्ड प्रयोग गर्दा विभिन्न अस्पताल, सपिङ्ग आउटलेट,होटेल, रेष्टुरेन्ट आदिमाविशेष छुटको व्यवस्था रहेको छ । 

Logo