केन्याविरुद्धको दोस्रो टी-२० मा नेपाल पराजित

केन्याविरुद्धको दोस्रो टी-२० क्रिकेटमा नेपाल १८ रनले पराजित भएको छ । योसँगै ५ म्याचको सिरिज १-१ को बराबरीमा आएको छ । 

केन्यासँग नेपालले सबैखाले फर्म्याटको क्रिकेटमा यो पहिलो हार हो ।

नैरोवीमा केन्याले दिएको १३३ रनको मध्यम लक्ष्य पछ्याएको नेपाल १९ ओभरमा ११४ रनमा अलआउट भयो । नेपालका लागि आरिफ शेखले २५, रोहित पौडेल र आदिल अन्सारीले समान २० तथा पवन सर्राफले १९ रन बनाए । 

इम्यानुएल बुन्डी र भिराज पटेलले २-२ विकेट लिए । 

यसअघि नैरोवीमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको केन्याले निर्धारित ओभरमा ९ विकेट गुमाएर १३२ रन बनाएको थियो । 

घरेलु टोली केन्याका लागि रकिब पटेलले ३५, निहेमी ओडिआम्बोले २९ र इरफान करिमले २२ रन बनाए ।

नेपालका लागि क्याप्टेन दीपेन्द्रसिंह ऐरी र दीपेन्द्रसिंह ऐरीले समान ३ तथा करण केसीले २ विकेट लिए । एक विकेट पवन सरार्फको नाममा रह्यो । 
तेस्रो टी २० आइतबार हुनेछ । 

तेस्रो टी-२० आइतबार हुनेछ । 

Logo