दुई सातामा ८ ईन्जिनियर अख्तियारको फन्दामा

काठमाडौँ,

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई सातामा ८ जना ईन्जिनियरलाई घुस रकम सहित पक्राउ गरेको छ । बुधबार मात्रै अख्तियारले जलश्रोत तथा सिंचाइ विकास डिभिजन भोजपुरका सि.डि.ई. मोहन बाबु यादवले षडानन्द नगरपालिका वार्ड नं. १३ बोयामा रहेको छाँगे खोला सिंचाइ कार्यक्रमको रनिङ विल पास गरिदिने नाममा सेवाग्राहीसँग १ लाख ८० हजार रुपैयाँ लिदै गर्दा पक्राउ ग¥यो ।

१४ असारमा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय स्याङ्जामा कार्यरत इन्जिनियर (आठौं तह) बसी अख्तर मोहम्मदले खानेपानी आयोजनाको भुक्तानी दिएकोमा सेवाग्राहीसँग चार लाख घुस लिदाँलिदै पक्राउ गरेको छ । ईन्जिनियर मोहम्मदको विषयमा अख्तियारले थुनामा राखेर अनुसन्धान गरिरहेको छ ।

१३ साउनमा साविक जिल्ला प्राविधिक कार्यालय, भोजपुरका तत्कालीन सि.डि.ई. लालु गिरीले बैङ्क खातामार्फत तथा नगदै गरी १८ लाख ५० हजार रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा पक्राउ गरि अनुसन्धान भइरहको छ ।

१० साउनमा शिक्षा समन्वय इकाइ काभ्रेका सव इन्जिनियर धनविर भगत र शिक्षा समन्वय इकाइ भोजपुरका तत्कालीन सव इन्जिनियर निरज कुमार चौधरीले महाभारत, काभ्रेका स्कूल भवनको निर्माण सम्पन्न प्रमाणपत्र दिलाउने प्रयोजनको लागि सेवाग्राहीसँग १ लाख ५० हजार रुपैयाँ घुस सहित पक्राउ गरेको थियो ।
राजधानीबाट