अमेरिकी पूर्व राष्ट्रपति ट्रम्पको घरमा सरकारका गोप्य दस्ताबेज, ५ वर्षको जेल सजाय हुनसक्ने

अमेरिकी पूर्व राष्ट्रपति ट्रम्पको घरमा सरकारका गोप्य दस्ताबेज, ५ वर्षको जेल सजाय हुनसक्ने


अमेरिकी पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पमाथि सरकारका गोप्य दस्ताबेज घरमा राखेको आरोप लागेको छ । 

अमेरिकाको संघीय अनुसन्धान ब्यूरो एफबीआइले ट्रम्पको घरमा छापा मार्दा सरकारका गोप्य दस्तावेजहरु राखेको पाइएको बताएको हो । यसले अमेरिकी गोपनियता सम्बन्धी कानून उल्लंघन गरेको एफबीआइको आरोप छ । एफबीआइ अधिकारीका अनुसार ट्रम्पको घरमा १४-१५ बाकसमा सरकारी दस्तावेजहरु राखिएको पाइएको छ। जसमध्ये २५ दस्ताबेज निकै महत्वपूर्ण र अति गोप्य छन् ।

यी दस्ताबेजहरुलाई पुराना अखबार तथा म्यागेजिनमा लुकाएर राखेको पाइएको छ।  यसअघि ट्रम्पको फ्लोरिडामा रहेको घरमा पनि प्रहरीले छापा मारेको थियो । ट्रम्पले गोप्य दस्ताबेज राखेको आरोपमा उनलाई ५ वर्षसम्मको कैद सजाय हुन सक्ने वकिलहरूले बताएका छन् । यसरी दस्ताबेज घरमा राख्नु संघीय कानूनको उल्लंघन भएको र यो माफी योग्य घटना नभएको जानकारहरुको भनाइ छ ।

Logo