धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या

धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या


झापा गाउँपालिकामा एक व्यक्तिले धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेका छन्।

मादक पदार्थ सेवन गरेका झापा–६ स्थित चन्द्र बस्तीका ४० वर्षीय नाइके हास्दाले शुक्रबार राति ३५ वर्षीया श्रीमती तालामाईको कोखामा हतियार प्रहार गरेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

श्रीमतीको हत्या गरी फरार भएका उनलाई शनिबार  बिहान नेपाल–भारत सीमा नजिकै कचनकवल–१ बाट पक्राउ गरिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । 

Logo