नियुक्तिकै भोलीपल्ट योगेशले किन निकाले राजीनामाको प्रसंग (भिडियोमा)

काठमाडौं । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले काम गर्न असफल भएको महशुस हुनासाथ पद त्याग गर्ने घोषणा गरेका छन् ।

बुधबार मन्त्री पदमा नियुक्त हुनु भएका भट्टराईले भोलीपल्ट बिहीबार संचारकर्मीमाझ प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफूले काम गर्न नसक्ने महशुश हुनासाथ पदबाट राजीनामा दिने घोषणा गरेका हुन् ।

बिहीबार बिहानै काठमाडौंको बल्खुस्थित तत्कालीन एमालेको केन्द्रिय कार्यालय परिसरमा रहेको मदन भण्डारीको शालिकमा माल्यार्पण गरेपछि उनले मैले प्रधानमन्त्रीसँग करार सम्झौता गर्न नपाएको उल्लेख गर्दै काम गर्न असफल भएको महशुस हुनासाथ जिम्मेवारीबाट पछि हट्ने स्पष्ट पारे ।

यो पनि 

को हुन् नवनियुक्त पर्यटनमन्त्री योगेश भट्टराई ?