नागरिकता विधेयक पुनर्विचारका लागि समितिमा पठाइयो

नागरिकता विधेयक पुनर्विचारका लागि समितिमा पठाइयो


राष्ट्रिय सभा बैठकले नेपाल नागरिकता (पहिलो संशोधन)  विधेयक २०७९ लाई पुनर्विचारका लागि विधायन व्यवस्थापन समिति पठाइएको छ । 

आइतबार बसेको दोस्रो राष्ट्रिय सभा बैठकमा गृहमन्त्री बालकृष्ण खाणले राखेको उक्त विधेयकलाई पुनर्विचारका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतीले स्वीकृत गरेको  सभाअध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले जानकारी दिए । 

यसअघि आइतबार बसेको पहिलो बैठकमा प्रमाणीकरणका लागि आएको नेपाल नागरिकता ९पहिलो संशोधन० २०७९ विधेयक फिर्ता गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीको सन्देश राष्ट्रिय सभा बैठकमा सुनाइएको थियो ।  

उक्त विधेयकका केही विषयमा सुझाव र सन्देशसहित राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि संघीय संसदमै फिर्ता पठाएकी हुन् । राष्ट्रिय सभाको अर्को बैठक  बिहीबार दिउँसो २ः५९ बजे बस्नेछ । 
 

Logo