तल्लो हेवा जलविद्युत् आयोजनाको २२ मेगावाट बिजुली केन्द्रीय प्रसारणमा

पाँचथर,

२२.२ मेगावाट क्षमता भएको तल्लो हेवा जलविद्युत् आयोजना केन्द्रीय प्रसारणमा जडान भएको छ । परीक्षण उत्पादनको रुपमा थापाटारस्थित नेपाल विद्युत् प्राधिकरणको सबस्टेसनमार्फत केन्द्रीय प्रसारणमा जडान गरिएको हो । आइतबारदेखि व्यावसायिक उत्पादन सुरु हुने प्रवद्र्धक कम्पनीले जानकारी दिएको छ ।

विद्युत् प्रसारणलाइन कावेली करिडोरमार्फत केन्द्रीय प्रसारणमा जडान गरिएको हो । पावर हाउसदेखि ३.२ किलोमिटर टाढा फिदिम नगरपालिकाको थापाटारमा रहेको सबस्टेसनमा विद्युत् जडान गरिएको हो । निर्धारित समयभन्दा ढिलागरी आयोजनाको काम सम्पन्न भएको हो । ३० महिनामा सक्ने योजना भएको आयोजना सम्पन्न गर्न ५० महिनाको समय लागेको थियो।

विद्युत् उत्पादन भएर सफलतापूर्वक परीक्षण उत्पादन भइरहेकाले आइतबारबाट व्यावसायिक उत्पादन हुने प्रवद्र्धक माउन्टेन हाइड्रोपावर कम्पनीका निर्देशक दिपेन्द्र आङ्बोले जानकारी दिए । उनका अनुसार १५ दिनको परीक्षण उत्पादनपछि व्यावसायिक उत्पादन हुनेछ ।
नागरिकबाट

तल्लो हेवा जलविद्युत् आयोजनाको २२ मेगावाट बिजुली केन्द्रीय प्रसारणमा