कर्णालीका दुई मन्त्रीले दिए राजीनामा

कर्णालीका दुई मन्त्रीले दिए राजीनामा


कणाली प्रदेशका दुई जना मन्त्रीले राजीनामा दिएका छन् ।  जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंह र आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्टले आइतबार मुख्यमन्त्री जीवनबहादुर शाहीसमक्ष राजीनामा बुझाएका हुन् ।

नेकपा (माओवादी केन्द्र) संसदीय दलले उनीहरूलाई राजीनामा दिन आग्रह गरेको थियो। राजीनामापत्र बुझेलगत्तै मुख्य मन्त्री शाहीले दुवैजनाको राजीनामा स्वीकृत समेत गरिसकेका छन्।

सोमबार नयाँ मन्त्रीहरू नियुक्त हुने मुख्यमन्त्री शाहीले जानकारी दिए।

Skip This
Logo